punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज देशभर भेरोसेल खोप लगाइँदै, कुन उमेर समूहले पाउँछन् ?

Chaupati
safha napa

आज देशभर देशभरका कोभिड १९ विरुद्धको खोप लगाइँदै छ। सरकारले चीन सरकारसँग खरिद गरेको भेरोसेल खोप देशभरका जिल्लामा लगाइन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार जिल्ला हेरी खोपको पहिलो र दोस्रो मात्रा लगाइनेछ। जसअनुसार सोमबारदेखि असोज १४ गतेसम्म पहिलो मात्रा लगाइनेछ। यो समयमा पहिलो मात्रा लगाएकालाई आउँदो कार्तिक ४ देखि १४ गतेसम्म दोस्रो मात्रा लगाइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सार्वजनिक गरेको खोप अभियानअनुसार हिमाली जिल्लाहरु ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलाका १८ वर्षमाथिका खोप लगाउन बाँकी सबैलाई यो खोप दिइनेछ।

काभ्रे र चितवन जिल्लाका भने ३५ वर्षमाथिका खोप लगाउन बाँकीलाई खोप दिइनेछ। काठमाडौँ उपत्यकासँगै मकवानपुर, रोमछाप, सर्लाही र अछाम जिल्लामा ४० वर्षमाथिका खोप लगाउन बाँकी तथा १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीहरुले सोमबारदेखिको अभियानमा खोप लगाउन पाउनेछन्।

त्यस्तै मनाङ, मुस्ताङ र रुकुम पूर्वबाहेका ५५ जिल्लामा ४५ वर्षमाथिका खोप लगाउन बाँकी र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीहरुले भेरोसेलको पहिलो मात्रा लगाउन पाउनेछन्।

यसै अभियानअन्तर्गत एक महिनाअघि भेरोसेलको पहिलो मात्रा लगाएकाहरुले दोस्रो मात्रासमेत लगाउन पाइने मन्त्रालयले जनाएको छ।

त्यस्तै यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिहरुले समेत यस अभियानमा खोप लगाउन पाउने व्यवस्था गरिएको छ।

आइतबारसम्म नेपालमा ७ लाख ८४ हजार ५६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कूल संक्रमितमध्ये ९५।५ प्रतिशत अर्थात ७ लाख ४९ हजार २१३ जना संक्रमित डिस्चार्ज भएका छन्।

कोरोना संक्रमणको कारण नेपालका ११ हजार ४० जनाको मृत्यु भएको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २४ हजार ३१३ छ।


४ असोज २०७८, सोमवार ०९:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु