punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सन्दीप र करणको घातक बलिङ, १ सय २१ रनमा समेटियो ओमान

Chaupati
safha napa

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खलामा नेपाली बलरहरूले शानदार प्रदर्शन गर्दा ओमान मात्र १ सय २१ रनमा समेटिएको छ । करण केसी र सन्दीप लामिछानेले ४–४ विकेट लिएपछि ओमान मात्र ३७.१ ओभरमा अलआउट हुन पुगेको हो ।

ओमानका लागि कप्तान जिसान मक्सुदले सर्वाधिक ४१ रन बनाए भने जतिन्दर सिंहले १३ तथा नसिम खुसीले १२ रनको योगदान दिए । नेपालका लागि केसीले ८ ओभरमा मात्र २५ रन खर्चेर ४ विकेट लिए भने लामिछानेले ८.१ ओभरमा १८ रन खर्चेर समान विकेट लिए । शरद भेस्वाकरले २ विकेट लिए ।

शृङ्खलामा नेपाल ओमानसँग यसअघि ५ विकेटले पराजित भएको थियो । आफ्नो पहिलो खेलमा अमेरिकालाई नेपालले ५ विकेटले नै पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग हार बेहोरेको नेपाल तेस्रो खेलमा पनि अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

​लिगको अङ्क तालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ । ७ खेल खेलेको नेपालले तीनमा जीत र चारमा हार बेहोर्दै ६ अङ्कमात्र बटुलेको छ । ओमान १२ खेलबाट २० अङ्क बटुल्दै शीर्ष स्थानमा रहेको छ ।

आईसीसी​ विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित ओमान, स्कटल्याण्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र संयुक्त अरब इमिरेट्स (यूएई) गरी सात राष्ट्रबीच खेल भइरहेको छ ।

सातै राष्ट्रले सन् २०२३ सम्म प्रतिस्पर्धा गर्नेछन् । शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।


३ असोज २०७८, आइतवार १९:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु