सुदूरपश्चिमका ४ जनामा कोरोना संक्रमण
सुदूरपश्चिममा आइतबार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ८ सय १६ जनाको परीक्षण गर्दा थप ४ जनामा कोरोना पुष्टि भएको हो।
आइतबार प्रदेशमा पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको छैन।सुदूरपश्चिममा हालसम्म पीसीआर र एन्टिजेन विधिबाट गरि ३ लाख ३६ हजार ५ सय ८५ जनाको नमूना परीक्षण भएकोमा ४६ हजार ८ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म ५ सय ८९ जनाले ज्यान गुमाइसकेका छन्।
३ असोज २०७८, आइतवार १८:५५ बजे प्रकाशित































