punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा कोरोनाका कारण ५८८ जनाले गुमाए ज्यान

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३ हजार ७५५ जनाको परीक्षण गर्दा ४६ हजार ७५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि यहाँका सरकारी कार्यालय, गैरसरकारी सङ्घसंस्थाले विभिन्न स्वास्थ्य सामग्री वितरण गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यहाँका नागरिकले त्यसको वास्ता नगर्दा कोरोना जोखिम बढ्दै गएको निर्देशनालयको आँकलन छ।

सुदूरपश्चिम प्रदेशमा कोरोना जोखिम कायमै रहेका कारण यहाँका नागरिकले निकै सचेतना बढाउनुपर्ने प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए। उनले भने, “कोरोना जोखिम कायमै छ, त्यसैमा चाडबाडका बेला पनि सुरु हुन थालेकाले जोखिम झनै बढ्न सक्छ, सबैले सावधानी अपनाउनु जरुरी भएको छ।”

पछिल्लो समय सुदूरपश्चिममा चाडपर्व तथा मेला निर्वाधरुपमा सञ्चालन भइरहेका र ती मेला पर्वमा नागरिकको उल्लेख्य सहभागिता हुने गरेका कारण पनि यहाँ कोरोना जोखिम बढ्न सक्ने स्वास्थ्यकर्मी बताउँछन्।रासस


१ असोज २०७८, शुक्रवार १४:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु