punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एनभीए भलिबल असोजमा

Chaupati
safha napa

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज दोस्रो साता हुने भएको छ। नेपाल भलिबल संघले बुधबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्ने नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए।

च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ, ढोरपाटन स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब, मणिमुकुन्द क्लब, बागमती प्रदेश, दवाली मिलन क्लब, नयाँबजार सामाजिक क्लब र कर्णाली प्रदेशको सहभागिता रहने छ।

यसैगरी महिलातर्फ न्यु डायमन्ड क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ, एभरेष्ट क्लब बुटवल र ढोरपाटन स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्ने छन्। च्याम्पियनसिपबाट पुरुषतर्फ सात र महिलातर्फ ६ टोली आगामी चैतमा आयोजना हुने क्लब लिग भलिबल प्रतियोगिताका लागि छनोट हुनेछन्।

च्याम्पियनसिपका विजेताले चार लाख रुपैयाँ प्राप्त गर्ने छन्। यसैगरी उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।


३१ भदौ २०७८, बिहीवार १७:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु