राष्ट्रव्यापी चित्रकलामा कैलालीका १२ बर्षिय बोगटी तृतीय

राष्ट्रव्यापी अन्तर चित्रकला प्रतियोगितामा कैलालीका कार्तिक बोगटी तृतीय भएका छन् । ५७ बाल दिवसको अवसरमा नेपाल बाल सङ्गठन , बाल मन्दिरले आयोजना गरेको चित्रकला प्रतियोगितामा१२ बर्षिय बोगटी तृतीय भएका हुन् ।

रिलाइन्स इन्टरनेसनल एकेडेमी बुढानिलकन्ठ नगरपालिका १२ कपन कक्षा ६ मा अध्ययनरत बोगटी कैलाली लम्कि चुहा नगरपालिका ८ का हुन् । कोरोना भाइरसले बाल बालिकालाई परेको प्रभावलाई उनले चित्रमा उतारेका थिए ।

तृतीय भएका बोगटीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार हस्तान्तरण गरेकी थिइन् । पुरस्कार स्वरूप उनको पाएको ५ हजार रकम बौनियाको सहारा घरलाई पठाइएको उनका काका सुरेन्द्र बोगटीले बताए ।


३१ भदौ २०७८, बिहीवार १३:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु