नेकपा (एस) को संसदीय दलको कार्यालय स्थापना
सुदूरपश्चिम प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको कार्यालय स्थापना भएको छ ।बिहीबार दलका नेता दीर्घ सोडारीले सो बोर्ड लगाएर दलको कार्यालय उद्घाटन गरे ।
सो अवसरमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी सहित र प्रदेश सभा सदस्यहरुको उपस्थिति थियो ।
प्रदेश सभा भवन नजिकै रहेको सो दलको कार्यालय पहिले एमाले र माओवादी मिल्दा बनेको नेकपाले प्रयोग गरेको थियो ।
अदालतले नेकपा फुटाएपछि एमालेको संसदीय दलको कार्यालय रहेको सो कार्यालयमा अहिले नेकपा (एस) को कार्यालय बनाइएको हो ।
३१ भदौ २०७८, बिहीवार १३:१९ बजे प्रकाशित













