सेती अस्पतालमा १४ जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७३ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित अस्पतालमा भर्ना भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

उनका अनुसार हाल अस्पतालमा १९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ८ जनाको आइसियु र ५ जनाको भेन्टिलेटरमा उपचार भईरहेको असपतालले जनाएको छ ।


३१ भदौ २०७८, बिहीवार १३:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु