punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अन्तर बैंक एटीएम कार्ड प्रयोग गर्दा अबदेखि शुल्क नलाग्ने

Chaupati
safha napa

एउटा बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको एटीएमबाट पैसाँ झिक्दा बैंकहरुले जथाभावी शुल्क लिएको पाइएपछि राष्ट्र बैंकले शुल्क सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ ।

राष्ट्र बैकले विद्युतीय कारोबार सम्बन्धी निर्देशिका लागु गर्दै एटीएम भुक्तानीबारे पनि व्यवस्था गरेको हो । निर्देशिका अनुसार स्वदेश भित्र कुनै पनि बैंकले जारी गरेको एटीएम कार्डबाट अर्को बैंकको एटीएमबाट पैसा झिक्दा बढीमा २० रुपैयाँमात्र शुल्क लिन पाइने व्यवस्था गरेको छ ।

तर त्यो शुल्क पनि एक महिनामा दुई पटकभन्दा धेरै कारोबार गरेमात्र हो । महिनामा दुई पटक यस्तो कारोबार गर्दा कुनै शुल्क लिन नपाइने राष्ट्र बैंकले नियम लागू गरेको छ ।


३० भदौ २०७८, बुधवार १४:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु