punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालद्वारा ओमानसामु १ सय ९७ रनको लक्ष्य

Chaupati
safha napa

आईसीसी विश्वकप छनोट लिग २ अन्तर्गत अमेरिका ओमान सम्मिलित त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल सस्तैमा समेटिएको छ।सिरिजको दोस्रो खेलमा नेपालले ओमानसामु १ सय ९७ रनको सामान्य लक्ष्य दिएको हो।

ओमानको घरेलु मैदान अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ४७ दशमलव ४ ओभरमा १ सय ९६ रन जोड्दा अलआउट भयो।
मध्यक्रममा लगातार विकेट पतन हुँदा नेपाल कम स्कोरमा रोकिन पुग्यो।

नेपालका लागि ओपनर आरिफ शेखले उत्कृष्ट पर्दशन गरेपनि अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन्।ओमानका बलरसामु नेपाली ब्याट्सम्यान निहिर हुँदा ५ जनाले दोहोरो अंकको स्कोर छुन सकेनन्।

शेखले ९० रनको योगदान दिए। १ सय १२ बलको सामना गरेका शेखले ७ चौका र १ छक्का प्रहार गरे। शतक नजिक पुगेर पनि चुक्न पुगेका शेखले ओडीआई करियरको पहिलो अर्धशतक प्रहार गरे। ओडिआईमा अर्धशतक प्रहार गर्ने शेख १० औँ खेलाडी हुन्।

कप्तान ज्ञानेन्द्र मल्लले २१ र रोहित पौडेलले २० रन थपे। करण केसीले २१ रन थपे। सन्दीप लामिछाने १६ रन जोड्दा रन आउट भए। अन्य ब्याट्सम्यानले गतिलो प्रर्दशन गर्न सकेनन्।

ओपनर कुशल भुर्तेल पहिलो ओभरको दोस्रो बलमा नै पवेलियन फर्के। विनोद भण्डारी ६, सोमपाल कामी ७, कुशल मल्ल ४, विक्रम सोबले २ रन मात्र बनाउन सके। सुशन भारी २ रनमा नटआउट रहे।

ओमानका विकल खान नेपालका लागि घातक बने। विकल सोब एक्लैले ४ विकेट लिए। नेष्टर डम्बाले २ तथा मोहम्मद नदिमले एक विकेट लिए।


२९ भदौ २०७८, मंगलवार १९:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु