Hotel Flora Long Ad

दार्चुलामा ५ वर्ष मुनिका बालबालिकामा देखियो पहिलो पटक कोरोना

जिल्ला अस्पताल दार्चुलामा सोमबार गरिएको परीक्षणमा दुई जना बालिकामा कोरोना संक्रमण देखिएको छ ।अत्यधिक ज्वरो र रुघाखोकीका लक्षण सहित उपचारका लागी आएका उनीहरूमा कोरोना परीक्षण गर्दा संक्रमण देखिएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर आदर्श लिम्बुले बताए ।
उनका अनुसार जिल्लाका २ वर्षीय र ४ वर्षीय बालिकामा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । बालिकामा देखिएको संक्रमण कोरोनाको तेस्रो भेरियन्टको हो वा होइन भन्ने बारे सिपिआर गरेपछि मात्रै पत्ता लाग्ने छ ।
दार्चुलामा अहिले एन्टिजेन मात्रै छ । सोमबार ८ जनामा गरिएको एन्टिजेन परीक्षणमा २ बालिका सहित ६ जनामा कोरोनाको संक्रमण देखिएको हो ।कोरोना संक्रमण देखिएका दुवै जना बालिकालाई अहिले होम आइसोलेसनमा राखेर उपचार भइरहेको जनाइएको छ । उनीहरूको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको तथा अक्सिजनको आवश्यकता नपरेको लिम्बूले बताए ।

२९ भदौ २०७८, मंगलवार २०:२३ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु