Hotel Flora Long Ad

माओवादी केन्द्रद्वारा पार्टीकाे विधान पारित

नेकपा माओवादी केन्द्रले पार्टीको विधान पारित गरेको छ । आज मङ्गलवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आउँदो केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्ने गरी पार्टीको विधान पारित गरेको हो ।

बैठकले पार्टीको निर्वाचन आयोग पनि गठन गरेको छ । विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय पार्टीको निर्वाचन आयोग पनि गठन गरिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।आयोगलाई पार्टीको पालिकादेखि केन्द्रसम्मको चुनाव कसरी गर्ने ? भन्ने विषयमा नियमावली र निर्देशिका बनाउने जिम्मेवारी पनि बैठकले दिएको छ ।

प्रवक्ता महराले स्थायी कमिटीको बैठकले अहिलेसम्म सम्पर्कमा आएका ४५ वटा पार्टीबाट विद्रोह गरेका नेताहरूलाई कसरी समायोजन गर्ने र यससम्बन्धी कार्यान्वयनका लागि बनेको गठित कार्यदललाई प्रतिवेदनको पूरा रूप दिन आग्रह गरिएको बताए ।

प्रवक्ता महराले फेरि सर्वदलीय बैठक बसेर वा छुट्टाछुट्टै बैठक बसेर भए पनि संसद् राम्रोसँग चलाउनुपर्छ भन्ने कुरामा नै नेकपा माओवादी अडिग रहेको बताए ।

 


२९ भदौ २०७८, मंगलवार १९:४७ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु