१० बुँदे कार्यान्वयन हुन्छ : एमाले उपाध्यक्ष रावल
एमालेका उपाध्यक्ष डा.भीमबहादुर रावलले १० बुँदे प्रस्ताव कार्यान्वयन हुने बताएका छन् । उनले केही स्वार्थी पदलोलुप्तहरुले आफ्नो भाग खोसिने चिन्ता गरेर अनेक हल्ला गरेको संकेत गरे ।
कोही कोही जन्ते ताउलोमा होइन खिचडी पकाउने कसौडीमा खान खोज्छन तर एमालेमा त्यस्तो हुँदैन मंगलबार धनगढी स्थित नेकपा (एमाले) को कार्यालयमा आयोजित कार्यक्रममा उनले भने ।एमाले विभाजन रोक्नका लागि नै १० बुँदे सहमति भएको हो उनले भने जनताको भावना, कम्यूनिष्ट आन्दोलन सम्झेर नै १० बुँदे भएको हो ।
उनले मदन भण्डारीले उठाएको राष्ट्रबादको झण्डा आफूहरुले उठाइरहने बताए ।फरक प्रसंगमा उनले अहिले एमालेमा आएको समस्या ०५४ सालको पार्टी फुट भन्दा सानो भएकोले धेरै यसपटक ठूलो समस्या नहुने वताए ।
एमाले छोडेर समाजवादी बनेको पार्टीले एमसीसी बारे आफ्नो धारणा किन ल्याएन, जनताको हीतमा छौ भन्नेहरु किन चुप छन् उनले प्रश्न गरे । समाजबादीमा लाग्न विकास योजना र पद दिन खोजिएको छ तर हामीहरु पद, प्रतिष्ठाका लागि कम्युनिष्ट भएका होइनौ डा। रावलले भने कतिपयलाई काँग्रेससित मिलेर ठूलो पार्टी हुने आशा छ तर त्यस्तो सम्भव छैन ।
काँग्रेसमा आफ्नै समस्या छ अनि कसरी समाजवादी र माओवादीलाई मिलाउछ उनको प्रश्न थियो । उनले भने महाकाली, गण्डकी र एससीसीको पक्षधर काँग्रेससित कसरी मिल्नु हुन्छ, यो कस्तो सिद्धान्त हो त्यो भन्दा त काँग्रेस भए पनि भयो नि ।
उनले एमालेबाट जितेर समाजवादीमा लाग्नेलाई जनताले चुनावमार्फत दण्ड दिने ठोकुवा गरे ।रावल आफ्नो गृह जिल्ला अछाम सहितका जिल्ला भ्रमणका लागि धनगढी आएका छन् ।
२९ भदौ २०७८, मंगलवार १६:२८ बजे प्रकाशित






























