डोटीका ३ स्थानीय तहमा ३३ लाखका स्वास्थ्य सामग्री प्रदान
नेपाली काँग्रेसका युवा नेता पुष्पकुमार शाहीले जिल्लाका तीन वटा स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरेका छन्। कोरोना सङ्क्रमणबाट जोगिन सहयोग पुगोस् भन्ने उद्देश्यले उनले ३३ लाखका स्वास्थ्य सामग्री निःशुल्क प्रदान गरेका छन्।
उनले दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकामा क्रमशः ११र११ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेका हुन्।जिल्लाका नौवटै स्थानीय तहलाई व्यक्तिगतरुपमा आफूले निःशुल्क स्वास्थ्य सामग्री हस्तान्तरण गर्न लागेको नेता शाहीले बताए।
उनले भने, “कोरोना जोखिमबाट जोगिन र स्वास्थ्य उपचारमा सहज होस् भनेर मैले निःशुल्क स्वास्थ्य सामग्री वितरण गरिहेको छु, जिल्लाका सबै स्थानीय तहमा उक्त सामग्री वितरण गर्नेछु।”
उनले वितरण गरेको स्वास्थ्य सामग्रीमा अक्सिजन कन्सट्रेटर मेसिन, अक्सिमिटर, पिपिइ सेट, सर्जिकल मास्क, एन ९५ मास्क, पञ्जा, स्ट्रेचर, स्यानिटाइजर लगायतका रहेका काँग्रेस नेता तथा दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए।रासस
२९ भदौ २०७८, मंगलवार १६:१७ बजे प्रकाशित






























