punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१६ वर्षकी बालिका बनिन् गाउँपालिका अध्यक्ष !

Chaupati
safha napa

मोरङको बुढीगंगा गाउँपालिकाकी १६ वर्षीया एक बालिका एक दिनका लागि बुढीगंगा गाउँपालिकाको अध्यक्ष बनेकी छन् । ५७ औं राष्ट्रिय बालदिवसको अवसरमा सुस्मिता ऋषिदेव एक दिनको लागि गाउँपालिकाको अध्यक्ष बनेकी हुन् ।

उनले आज वित्तीय र प्रशासनिक बाहेक सबै काम गर्नेछन्। उक्त गाउँपालिकाले स्थानीय सरकारको कामकाजको बारेमा बालबालिकालाई सूचित गर्नको लागि यस्तो कार्यक्रम राखिएको हो ।

बालअधिकारको वकालत र नीति निर्माण प्रक्रियामा बाल सहभागिताको सुनिश्चितताको लागि सांकेतिक रूपमा मोरङको बूढीगंगा गाउँपालिकामा एक बालिकालाई ‘एक दिने अध्यक्ष’ बनाएर अभ्यास गरिएको हो ।गाउँपालिकाको नेतृत्वमा एक दिन सांकेतिक अध्यक्ष बालिका बनाइएको गाउँपालिकाले जनाएको छ ।


२९ भदौ २०७८, मंगलवार १३:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु