सुन–चाँदीकै मूल्य बढ्यो
सुनको मूल्य बढेको छ।सोमबार छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।आइतबार यो ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि बढेको छ।आइतबार प्रतितोला १ हजार १ सय ९५ रुपैयाँ रहेको चाँदीको मूल्य बढेर सोमबार १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको हो।
२८ भदौ २०७८, सोमवार १२:५८ बजे प्रकाशित












