Alok

केपी ओलीको रिट निवेदनको सुनुवाइ आज हुँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पत्रअनुसार माधव नेपालसहित १४ सांसदलाई सभामुखले कारबाही नगरेको तथा त्यही आधारमा निर्वाचन आयोगले नयाँ पार्टी दर्ता गराएको भन्दै सर्वोच्च अदालतमा हालेको रिट निवेदन सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ।

निर्वाचन आयोग, सभामुख अग्नि सापकोटालगायतलाई विपक्षी बनाएर दर्ता गरिएको रिट निवेदन सुनुवाइका लागि आज सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा पेसी तोकिएको हो।

एमाले अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध छुट्टाछुट्टै तीनवटा रिट दायर गरेका छन्। तीमध्ये दुईवटाको सुनुवाइ आज हुन लागेको हो।न्यायाधीशद्वय कार्की र खड्काको इजलासले उक्त मुद्दामा अन्तरिम आदेश जारी गर्नेरनगर्ने विषयमा सुनुवाइ गर्नेछ।

रिट निवेदनमा एमाले अध्यक्ष ओलीले ती १४ सांसदलाई आफ्नो पार्टीको पत्रअनुसार संसदले सांसद पदबाट हटाउनुपर्ने र उनीहरूको हस्ताक्षरका आधारमा निर्वाचन आयोगमा दर्ता गरिएको नेकपा एकीकृत समाजवादीको दर्ता बदर गर्नुपर्ने माग गरिएको छ।


२८ भदौ २०७८, सोमवार १३:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु