punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विवादबीच डडेल्धुरामा वडा अधिवेशन, जिल्ला सभापतिले गरे बहिस्कारकाे घाेषणा

Chaupati
safha napa

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा विवादबीच वडा अधिवेशन सुरु भएको छ । जिल्ला कार्यसमितिले बहिस्कारको निर्णय गरे पनि सात वटा स्थानीय तहका ५२ वडामध्ये ४८ मा निर्वाचन प्रक्रिया सुरु भइसकेको निर्वाचन समितिले जानकारी दिएको छ ।

बाँकी वडामा पनि अधिवेशन सुरु गर्न छलफल भइरहेको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए ।कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले सदस्यता विवाद नै नटु‌ंग्याइ गरिएको अधिवेशनमा आफूहरुको सहभागिता नहुने बताए ।

सभापति देउवा पक्षधरले एकलौटी रूपमा क्रियाशील सदस्यतादेखि उम्मेदवारसम्मको टुंगो केन्द्रबाटै लगाएको मल्लको आरोप छ । ‘देउवाले बल प्रयोग गरेर अधिवेशन गर्दैछन्। यो हामीलाई अमान्य छ,’ उनले भने।

कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिले वडा, पालिका र प्रदेश सभा निर्वाचन क्षेत्रीय समितिका साथै जिल्ला कार्यसमिति गरेर चार तहबाट क्रियाशील सदस्यको नवीकरण र नयाँ सदस्यताका लागि निर्णय गरेर केन्द्रमा पठाए पनि केन्द्रबाट चार सय ६० जनाको नाम काटेको आरोप छ ।

त्यस्तै लिस्टमा तीन सय १२ जनाको नाम थपेर मतदाता नामावली सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो ।

नेपाल प्रहरीको तालिम केन्द्र र दंगा प्रहरी गणबाट ठूलो संख्यामा प्रहरी डडेल्धुरा झिकाइएको छ। यसअघि पनि कांग्रेसका दुई समूहबीच कुटाकुट भएको र विवादकाबीच अधिवेशन हुन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए ।

 


२५ भदौ २०७८, शुक्रवार ०९:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु