punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पत्रकार हुँ भन्दै व्यापारीलाई धम्क्याएर पैसा लिने दुई जना पक्राउ

Chaupati
safha napa

कञ्चनपुरमा पत्रकार हुँ भन्दै पैसा असुलेको आरोपमा दुईजना पक्राउ परेका छन्। आफूलाई नाइस टेलिभिजको रिपोर्टर बताउने गोविन्द विसी र सन्तोष भट्टलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले महेन्द्रनगरको साई मोवाइल केयरका सञ्चालक अवदेश श्रीवास्तवलाई धम्काएर २५ हजार रुपैयाँ लिएको आरोप लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उक्त भिडिओ पनि सार्वजनिक भएको छ। व्यापारीको गुनासोपछि सोधपुछका लागि दुबै जनालाई प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए।

उनीहरुले मोवाइल पसल दर्ताबिना चलाएको भन्दै दुई लाखबाट बार्गेनिङ गरेर २५ हजार नगद र दुई वटा पावरबैंक लगेको व्यापारीले बताएका छन्।

भारतको वनवासाका श्रीवास्तवले नेपाली केटीसँग विहे गरेर श्रीमतीको नाममा मोवाइल पसल दर्ता गरेर चलाउँदै आएका भए पनि उनीहरुले भारतीय नागरिकको नाममा पसल दर्ता गर्न नमिल्ने भनेर रकम असुलेको बुझिएको छ।


२४ भदौ २०७८, बिहीवार २०:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु