नेपालमा थप १ हजार ५८ जनामा कोरोना संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।यो अवधिमा ८ हजार ८ सय ९८ जनाको पीसीआर परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४६ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय १३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो अवधिमा नेपालमा १८ सय ४५ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा १४ जना संक्रमितको दुखद निधन भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २८ हजार ६ सय ७८ छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ९२ हजार १ सय ६९ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ भदौ २०७८, बिहीवार १८:१३ बजे प्रकाशित






























