punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एकीकृत समाजवादीको सुदूरपश्चिम इञ्चार्जमा गरिमा शाह

Chaupati
safha napa

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको इञ्चार्जको जिम्मेवारी नेतृ गरिमा शाहलाई दिएको छ।केही दिन अघि प्रदेशका इञ्चार्जको जिम्मेवारी बाँडफाँड गरेको एकीकृत समाजवादीले सुदूरपश्चिममा भने इञ्चार्ज पद खाली राखेको थियो।

पार्टी केन्द्रीय सदस्य समेत रहेकी शाहलाई पार्टीको सुदूरपश्चिम प्रदेशको इञ्चार्जको जिम्मेवारी दिइएको एकीकृत समाजवादी पार्टी सचिवालय संयोजक बेदुराम भुसालले जानकारी दिए ।

शाह नेकपा एमालेमा हुँदा केन्द्रीय सदस्य थिइन्। एमालेमा आन्तरिक विवाद भएका बेला माधवकुमार नेपाल समूहले सुदूरपश्चिममा पार्टीको अध्यक्ष बनाइएका नेता भानुभक्त जोशीले अन्तिममा एमाले नै रोजेपछि शाहलाई इञ्चार्जको जिम्मेवारी दिइएको हो।

नेता जोशीले आफू एकीकृत समाजवादीमा आउने बताएपछि नेतृत्वले अन्य प्रदेशको इञ्चार्ज तोके पनि सुदूरपश्चिममा तोकेको थिएन। तर, नेता जोशी दल रोज्न पाउने समयसीमा भित्र पनि एकीकृत समाजवादीमा नआएपछि बुधबार शाहलाई सुदूरपश्चिम प्रदेशको इञ्चार्जको जिम्मेवारी दिएको हो।

शाह नेकपा एमालेमा हुँदा आठौं र नवौं महाधिवेशनमा केन्द्रीय सदस्य थिइन्। सुदूरपश्चिममा राजनीतिक रुपमा उनीभन्दा सिनियर नेता भए पनि एकीकृत समाजवादीले सातवटै प्रदेशमध्ये पहिलो महिला नेतृका रुपमा शाहलाई सुदूरपश्चिम इञ्चार्जको जिम्मेवारी दिएको दिएको हो।


२४ भदौ २०७८, बिहीवार ०९:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु