punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमसीसीको विरोध गर्दै ६ दलद्धारा प्रदर्शन

Chaupati
safha napa

अमेरिकन सहयोग परियोजना मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल परियोजनाको विरुद्ध कैलालीको अत्तरियामा विरोध प्रदर्शन गरिएको छ । एमसीसी नेपालको सदनबाट पास गर्न लागेको भन्दै कैलालीमा सक्रिय ६ राजनीतिक दलले अत्तरियामा विरोध प्रदर्शन गरेका हुन ।

अत्तरियाको महेन्द्रनगर रोडबाट सुरु भएको विरोध याली अत्तरिया चोक परिक्रमा गरी कोण सभामा परिणत भएको थियो ।कोण सभामा बोल्ने वक्ताहरुले एमसीसी नेपाल परियोजना नेपालको हितमा नभएको भन्दै चर्को विरोध गरेका थिए ।

कोण सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिनष्ट पार्टीका केन्द्रिय सदस्य ओम प्रकाश पुनले एमसीसी पारीत भएमा नेपालमा अमेरिकी सेना आउने दाबि गरे । ‘जुन देशमा एमसीसी लागु हुन्छ । त्यो देशमा अमेरिकन कानुन लागु हुन्छ ।

जसले गर्दा कुनै समस्या आए अमेरिकन सेना आउन्छ’ उनले भने ‘नेपालका लागि एमसीसीको फन्ड ठूलो होईन तर नेपालका दलालहरुलाई अमेरिकाले किनेकाले यहाँका नेताहरु एमसीसीको पक्षमा लाग्ने गरेका छन ।’

उनले एमसीसीको मुख्य लक्ष्य भनेको नेपालको उर्जा र पानी भारतलाई दिने भएकाले यो ईन्डो अमेरिकन गठबन्धन भएको बताए । उनले अमेरिका एमसीसीको माध्यमबाट नेपाल भएको युरेनियम लग्ने रणनीतिमा रहेको बताए ।

‘अमेरिकाले दक्षिण एसीयामा प्रवेश गरेर चीनलाई घेर्ने रणनीति बनाएको छ । जसबाट नेपाल युद्ध भूमिमा परिणत हुने छ’ उनले भने ‘एमसीसी संसदबाट अनुमोदन गर्नुको अर्थ यसलाई सन्धिका रुपमा लागु गर्न हो ।’

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य राम बहादुर केसीले सुदूरपश्चिमका कुनै पनि सांसदले एमसीसीमा हस्ताक्षर गर्नुपर्छ भनेर आए तीनका हात काट्नुपर्ने बताए ।

‘यहाँ कुनै पार्टी नभनी राष्ट्रको रक्षाका लागि उठ्नुपर्ने समय आएको छ’ उनले भने ‘हामी ईतिहासमा जसरी एक भएर विदेशीको सामु झुकेनै त्यसरी नै फेरी एक पटक एक जुट हुनुपर्ने समय आएको छ ।’

कोण सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य लाल बहादुर जाग्रीले अमेरिकाले सहयोगका नाममा नेपालमा हस्तक्षेप गर्न खोजेको बताए ।

‘राष्ट्रघाती एमसीसी मम्झौता खारेज गरौं, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं’ भन्ने नाराका साथ आयोजना गरिएको विरोध सभामा नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय समाजवादी मंच, नेपाल (क्रान्तिकारी माओवादी), नेकपा (माले) र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल पार्टीको सहभागिता रहेको थियो ।

 


२३ भदौ २०७८, बुधवार १९:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु