संखुवासभा परिवार हत्या : ६ जनाको सामुहिक दाहसंस्कार
संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा हत्या गरिएका एकै परिवारका छ जनाको इटहरीमा दाहसंस्कार गरिएको छ।
गत सोमबार विहान मृत भेटिएका तेजबहादुर कार्कीसहित छ जनाको इटहरीस्थित बूढीगंगा मुक्तिघाटमा दाहसंस्कार गरिएको हो।
धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम सकिएपछी बुधबार साँझ शव इटहरी लगेर दाहसंस्कार गरिएको हो।
अन्त्येष्टिका क्रममा सयौंको संख्यामा स्थानीय भेला भएका थिए।अन्त्येष्टिका लागि तेजबहादुर कार्कीका कान्छा छोरा रमेश कार्की आइपुगेका छन्। दुबईबाट बुधबार बिहान उनी धरान आइपुगेका हुन्।
आइतबार राति कार्की परिवारका ६ जनाको हत्या भएको थियो।परिवारका ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेज बहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो।घरमै भएका ९० वर्षीय तेजबहादुर भने जोगिएका छन्।
२३ भदौ २०७८, बुधवार १९:२४ बजे प्रकाशित






























