punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रोष्टममा उक्लिने एमाले सांसद चौधरीको प्रयास

Chaupati
safha napa

सभामुखमाथि प्रश्न उठाउँदै संसदमा नाराबाजी गरेको नेकपा एमालेकी एक सांसद रोष्टममै उक्लिने प्रयास गरेकी छन् ।प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन बुधबारको पहिलो र दोस्रो बैठक एमाले सांसदहरुले अवरुद्ध गरे ।

बैठकपछि सहमतिको प्रयासमा छलफल पनि भएको थियो, तर सभामुख अग्निप्रसाद सापकोटाले सहयोग गरे गर्नुस्, नगरे प्रक्रिया अघि बढाउँछु’ भनेको एमाले सांसदहरु बताउँछन् ।

तेस्रो बैठक सुरु हुनासाथ सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँडलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न समय दिए । प्रधानमन्त्री शेरबहादुर देउवासँगै पहिलो लहरमा बसेका गृहमन्त्रीलाई रोक्न अघि बढेका एमाले सांसदहरुलाई मर्यादापालकले रोके ।

त्यसक्रममा एमाले सांसद गंगा चौधरी सत्गौवा भने रोष्टममै उक्लिने प्रयास गरिन् । एमालेका एक सांसदका अनुसार उनले गृहमन्त्रीलाई जसरी पनि रोक्छु भनेकी थिइन् । त्यही क्रममा उनी मर्यादापालकलाई धकेल्दै रोष्टममै उक्लिन खोजेको एक सांसदले बताए ।

चौधरीले पनि त्यसलाई स्वीकार गरिन् । ‘गुरिल्ला सभामुखलाई (बैठक अघि बढाउन) रोक्न सकिएन । गृहमन्त्रीलाई रोक्न खोजेको मर्यादापालक लगाएर छेकियो । त्यही आक्रोशमा गृहमन्त्रीलाई रोक्न प्रयास गर्दा धकेलाधकेल भयो,’ उनले भनेकी छन् ।

 


२३ भदौ २०७८, बुधवार १८:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु