punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमसीसीको विरोधमा माइतीघरमा प्रदर्शन

Chaupati
safha napa

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरोधमा काठमाडौँको माइतीघरमा प्रदर्शन भइरहेको छ ।

बुधबार संसद बैठक बस्ने तयारी भइरहँदा स्वतन्त्र युवा अभियन्ताहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् । कालो बस्त्र लगाएका युवाहरुको समूहले एमसीसी खारेज गर्नुपर्ने माग गर्दै नारावाजी सहित मार्चपास गरेका छन् ।

काठमाडौँका विभिन्न स्थानमा यसअघि देखि नै एमसीसीको विरोधमा प्रदर्शन हुँदैआएको छ । सरकारले भने हिंसात्मक गतिविधि नहोस् भनेर माइतीघर, बानेश्वर लगायत स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

बुधबार ४ बजे संसद बैठक बस्दैछ । संसदमा बिचाराधीन मुद्दाको रुपमा रहेको एमसीसीलाई अनुमोदन गर्नुपर्ने र अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दलहरु पक्ष र विपक्षमा छन् ।


२३ भदौ २०७८, बुधवार १५:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु