punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘पार्टी त्यागेर मन्त्री पदका पछाडि दौडिन सकिएन’

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मन्त्री पदका लागि पार्टी विभाजनको समर्थन गर्न नसकिएको बताएका छन् । मंगलबार मन्त्री पदबाट राजीनामा गर्दै मन्त्री शाहले मन्त्री पदकै लागि राजनीनिक मूल्य मान्यता विपरित जान नसकिएको बताए ।

‘पार्टी विभाजनलाई समर्थन गर्दै मन्त्री पदका लागि पछाडि कुद्न सक्दैनौं,’ उनले भने, ‘हामीले मूल्य मान्यताको राजनीति गर्छौं भनेर नै राजीनामा दिएका छौं ।’ यो विषम परिस्तिथिमा प्रदेश सरकारमा रहेर काम गर्न असहज भएको उनले बताए ।

सबै ठूला पार्टीलाई विभाजन गरेर देशलाई थप सकटतर्फ धकेल्ने कामलाई समर्थन गर्न नसकिने उनले बताए । राजनीति पार्टीका अन्तर विरोधले गर्दा पार्टीहरु विभाजित भएको र त्यसका पछाडि देशी विदेशी शक्तिहरुको स्वार्थ रहेको उनको आरोप छ ।

अमुक शक्तिको स्वास्र्थ पूरा गर्नका निम्ती राजनीतिमा क्रियाशील व्यक्तिहरुनै प्रयोग हुने विगतको तितो अथार्तलाई चिनुपर्ने उनको भनाई छ । पछिल्लो पटक सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश त्यसैको एक उदाहरण भएको उनले बताए । अध्यादेशले लोकतन्त्र र संविधानलाई कमजोर पारेको र देश अन्धकारतर्फ धकेलिएको उनको आरोप छ ।


२२ भदौ २०७८, मंगलवार १९:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु