बिस्कुन सुकाउने थलो बन्यो बैतडीको पाटन विमानस्थल
बैतडीमा विमानस्थलको धावनमार्गलाई स्थानीयले बिस्कुन सुकाउने थलो बनाएका छन्। जिल्लाको पाटन नगरपालिकास्थित पाटन विमानस्थललाई स्थानीयले निजी काममा प्रयोग गररिरहेका हुन्।
विमानस्थलमा गहुँलगायत विभिन्न अन्न सुकाउने गरेको पाइएको हो। एक साता लगातार परेको वर्षाका कारण अन्नमा पानी पसेको थियो।
धेरै दिनदेखि पानी परेकाले घरमा बिस्कुन सुकाउने ठाउँ नहुँदा यहाँ ल्याएर सुकाएका हौं। गहुँमा किरा लागेर धुलो बनाईसक्यो पानीले गर्दा सुकाउन पाएनौँ। विमानस्थलमा साना गाडीहरू कुदाइने गरेको र वस्तुभाउसमेत आवतजावत गर्ने गरेको स्थानीय बताउँछन्।
विमानस्थल कार्यालयले वरिपरि बलियो तारजाली लगाएर घेराबेरा पनि गरेको छैन। लगाएका तारजाली पनि भत्किइसकेको स्थानीयको गुनासो छ।
२१ भदौ २०७८, सोमवार ०८:३५ बजे प्रकाशित






























