punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एलपिएल–६ : हस्पिटल पार्टनर सारथी अस्पताल र आयोजक बिच सम्झौता–पत्रमा हस्ताक्षर

Chaupati
safha napa

लिटल फ्लावर प्रिमियर लिग–६ विद्यालय स्तरीय यू–१९ क्रिकेट प्रतियोगिताको अफिसियल हस्पिटल पार्टनरका रूपमा सारथी अस्पताल प्रा.लि सँग सम्झौता गरिएको छ । आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक लिटल फ्लावर स्पोटर्स एण्ड इभेन्ट्स प्रा.लि र सारथी अस्पताल प्रा।लि बिच सम्झौता–पत्रमा हस्ताक्षर भएको हो ।

प्रतियोगिताको अफिसियल हस्पिटल पार्टनरका रूपमा रहेको सारथी अस्पतालले नगद ९० हजार सहित मेडिकल सामग्रीहरू सहयोग गर्ने लिटल फ्लावर स्पोटर्स एण्ड इभेन्ट्स प्रा.लिका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । यो प्रतियोगिता २०७३ सालदेखि प्रत्येक वर्ष सञ्चालन हुँदै आइरहेको छ ।

विगतका वर्षहरूमा १६ वटा टिमको यस प्रतियोगितामा सहभागिता हुँदै आएको थियो । भने यो वर्ष प्रतियोगिताको स्तरलाई थप उच्च बनाउन र सहभागी विद्यालयहरूलाई उच्चतम अवसर प्रदान गर्न १० टीमलाई सहभागी गराइएको आयोजकले जनाएको छ ।

सहभागी टीमलाई २ समूहमा विभाजन गरिने छ । एउटा विद्यालयको टिमले चार वटा लिग चरणै खेल खेल्न पाउने छ, जसबाट विद्यालयहरूभित्र लुकेर रहेका नव प्रतिभाहरू पहिचान गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिता माघ दोस्रो सातादेखि धनगढीमा आयोजना हुने छ । कोभिड–१९ को त्रास कायमै रहेको वर्तमान अवस्थामा स्वास्थ्य सतर्कताका सम्पूर्ण मापदण्डको पूर्ण रूपमा पालना गरी प्रतियोगिता सञ्चालन गरिने आयोजक तथा लिटल फ्लावर स्पोटर्स एण्ड इभेन्ट्स प्रा.लि का अध्यक्ष शाहीले जानकारी दिए ।

यस प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार सहित मेडल र ट्रफी प्राप्त गर्ने छन् । यस्तै उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट व्याट्स म्यानलाई १० हजार र उदयमान खेलाडीलाई १० हजार पुरस्कार रहेको आयोजकले जनाइको छ ।

प्रत्येक खेलका प्लेयर अफ द म्याचको पुरस्कार धनगढीको गुरुजी सटिङ एण्ड सुटिङले प्रयोजन गरेको जनाएको छ । यस्तै प्रतियोगिताको एजुकेसन पार्टनरमा कैलालीको गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की रहेको छ । यस्तै यस्तै केक पार्टनरको रूपमा आँगन केक्स धनगढी रहेको छ ।


२० भदौ २०७८, आइतवार १७:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु