सुदूरपश्चिममा थप ३ सांसद नेकपा समाजबादीमा, ठूलो दल बनाउने दाबी
सुदूरपश्चिम प्रदेशमा थप तीन सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् ।
भौतिक पूर्वाधार तथा योजनामन्त्री दीर्घ सोडारी, सांसद तारालामा तामाङ र प्रकाश रावलले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । योसँगै सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीमा सनाखत गर्ने सासदको संख्या १३ पुगेको छ ।
नेताहरुले नेकपा (एकीकृत समाजबादी)मा १४ भन्दा बढी सांसद पुग्ने र प्रदेशको ठूलो दल बन्ने दाबी गरेका छन् ।
२० भदौ २०७८, आइतवार १६:१९ बजे प्रकाशित






























