कञ्चनपुरमा बेवारिसे अवस्थामा बन्दुक फेला
कञ्चनपुर प्रहरीले बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको छ। जिल्लाको कृष्णपुर नगरपालिका–४ किचाईस्थित शनिबार साँझ ७ बजे चैनपुर शिविर वडा क्षेत्रमा उक्त बन्दुक फेला परेको हो।
ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा ग्वाँसी समैजी सामुदायिक वन जंगलबाट उक्त बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
बरामद एकनाले भरुवा बन्दुकको बारेमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए।
२० भदौ २०७८, आइतवार १७:२१ बजे प्रकाशित






























