punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नख्खु कारागारमा कैदीबन्दीबीच झडप

Chaupati
safha napa

ललितपुरस्थित नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप भएको छ। झडप भएपछि सुरक्षा व्यवस्था कायम गर्न थप प्रहरी परिचालन गरिएको छ।

कारागारको सिआरसी ब्लकमा रहेका कैदीबन्दीबीच झडप भएको हो। नाइकेहरुले कारागारमा रहेको होटलमा खानाको मूल्यदर बढाएको विषयमा झडप भएको स्रोतले जानकारी दियो।

झडप भएपछि जिल्ला प्रहरी परिसर ललितपुरबाट थप टोली परिचालन गरिएको छ। परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले भने, ‘भित्रै नाराजुलुस भएको र झडप भएको भन्ने खबर खाएपछि थप टोली पठाएको छौं।’


२० भदौ २०७८, आइतवार १५:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु