punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज र भोलि दिउँसाेभन्दा राति धेरै पानी पर्ने

Chaupati
safha napa

आज वाग्मती, गण्डकी र प्रदेश–१ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।पानी पार्ने मनसुनी प्रणाली सक्रिय रहेकाले यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् मञ्जु बासीले बताए । उनका अनुसार दिउँसो भन्दा राति धेरै पानी पर्ने सम्भावना छ ।

आज र भोलि दिउँसोको समयमा हल्कादेखि मध्यम खालको वर्षा भए पनि राति ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद् बासीको आग्रह छ ।

वाग्मती र गण्डकी प्रदेशमा बाढी पहिरोको जोखिम उच्च रहेकाले रातको समयमा विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

भिरालो जमिन भएका ठाउँमा पहिरो जाने खतरा धेरै छ । यस्तै, नदी, खोल्सा आसपासका क्षेत्रमा पनि बाढीको जोखिम भएकाले सावधानी अपनाउन भनिएको हो ।


२० भदौ २०७८, आइतवार १०:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु