punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा २६ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२६ नमूनाको कोरोना परिक्षण गरिएकोमा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ३ जना अस्पतालमा भर्ना भएका छन् । हाल सेतीमा १४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
जसमध्ये ४ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।


१९ भदौ २०७८, शनिवार १४:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु