गायक प्रकाश सपुतसहित जुटेर सडक सफाइ
गायक प्रकाश सपुत, देवेन्द्र बब्लु र युवा अभियन्ता केपी खनालले शनिबार काठमाडौंको नयाँबानेश्वरस्थित आलोकनगर टोलमा सफाइ अभियान चलाएका छन्।
म बदलिन्छु अनि मेरो देश बदलिन्छु भन्ने संकल्पका साथ मैनादेवी फाउन्डेसन र युएनडिपी नेपालको साझेदारी सफाइ अभियान चलाइएको हो।
हाम्रो स्वास्थ्य हाम्रो जिम्मेवारीु अन्तर्गत आज काठमाडौंको नयाँ बानेश्वरको आलोकनगर टोलभित्र गायक सपुत, देवेन्द्र बब्लु र युवा अभियन्ता खनालसहितको टोलीले स्वास्थ्यजन्य फोहर र अन्य फोहोर संकलन गरेका हुन्।
अभियानले जथाभावी फोहर फ्याँक्न नदिन र स्वास्थ्यजन्य फोहोरको सही व्यवस्थापन गर्ने उद्धेश्य लिएको मैनादेवी फाउन्डेसनका संस्थापक केपी खनालले बताएका छन्।
अभियानमा सहभागी भएका गायक प्रकाश सपुतले सडक र सार्वजनिक स्थानमा फोहोर फ्याँक्नु आफैँमा लज्जास्पद काम भएको बताउँदै तर नेपालीहरु यसमा चुकेको उल्लेख गरे।
१९ भदौ २०७८, शनिवार १४:२९ बजे प्रकाशित






























