चलचित्र ‘म राजेश हमाल’ को टिम पुग्यो धनगढी
वर्ड पिक्चर र ढाका टोपी फिल्मसको संयुक्त लगानीमा निर्माण भइरहेको चलचित्र ‘म राजेश हमाल’ को टिम धनगढी पुगेको छ । २१ गतेदखी सुदूरपश्चिमका विभिन्न ठाउँमा उक्त चलचित्रको सुटिङ गरिने बताइएको छ ।
आज सन्जिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी र एभनराज उप्रेती धनगढी पुगेका हुन्।
फिल्ममा सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एवनराज उप्रेती, अस्मिता लामिछाने, सन्जोग रसाइली आदि कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा अभिनेत्री सञ्चिता लुइँटेल महत्त्वपूर्ण भूमिकामा देखिँदै छिन् । यसै गरी फिल्ममा उत्तिकै महत्त्वपूर्ण भूमिकामा रहने बताइएको छ । अभिनेता आर्यन सिग्देल अतिथि भूमिकामा देखिँदै छन् ।
जोन योञ्जनकै कथा रहेको फिल्मको पटकथा जोन र सायद कार्कीले मिलेर तयार पारेका हुन् । जोनले यसअघि फिल्म ‘बाह्र सत्ताइस’ को निर्देशन गरेका थिए । यस चलचित्रका निर्माता केदार भुसाल रहेका छन्, भने फिल्ममा अनुज हमाल कार्यकारी निर्मातामा रहेका छन् ।
उक्त चलचित्रमा दीपक आरजेको सङ्गीत रहेको छ ।उनले चलचित्र बाह्र सत्ताइस, अमेरिका बोइज, लप्पन छप्पन र लप्पन छप्पन २ जस्ता हिट चलचित्रमा स्वर तथा सङ्गीत दिइसकेका छन् ।
१९ भदौ २०७८, शनिवार १३:३५ बजे प्रकाशित






























