punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एलपिएल–६ : सहभागी १० टोलीको नाम सार्वजनिक

Chaupati
safha napa

कैलालीको धनगढीमा आगामी माघ अन्तिम सातादेखि हुने लिटिल फ्लावर प्रिमियर लिग (एलपिएल) को छैठौं संस्करणमा सहभागी टोलीहरुको नाम सार्वजनिक गरिएको छ ।

लिटिल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट र लिटिल फ्लावर बोर्डिङ स्कुलको आयोजनामा धनगढीमा आयोजना हुदैं आएको प्रतियोगिताको छैठौं संस्करणमा सहभागी १० वटा विद्यालयको टोलीको नाम प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरिएको हो ।

विद्यालयको टोलीमा ९ जना राष्ट्रिय टीमका १९ बर्षका खेलाडीहरु समावेश गर्न पाउने प्रतियोगितामा सुदूरपश्चिमका अधिकांश टीमहरु रहेका छन् ।

प्रतियोगितामा लिटल फ्लावर बोर्डिङ हाईस्कुल धनगढी, कैलाली गुरुकुल इङलिस मिडियम हाईस्कुल लम्की कैलाली, स्टेपिङ्ग स्टोन इङलिस स्कुल धनगढी कैलाली, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलालीले सहभागीता जनाउनेछन् ।

त्यसैगरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली, शारदा सरस्वती मावि दोधारा चाँदनी कंचनपुर, हिमालयन व्हाईट हाउस वल्र्ड स्कुल काठमाडौ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौले सहभागीता जनाउने आयोजकद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।


१८ भदौ २०७८, शुक्रवार १८:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु