punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमाञ्चल माध्यमिक विद्यालय २२ गतेदेखि सञ्चालन हुने

Chaupati
safha napa

धनगढीको सुदूरपश्चिमाञ्चल माध्यमिक विद्यालय (एसपिए) ले यही भाद्र २२ गतेबाट सञ्चालन गर्ने भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समिती को बैठकले कैलालीमा भौतिक रुपमै विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेसँगै एसपिएले पनि २२ गतेदेखि विद्यालय नियमित रुपमा सञ्चालन गर्ने भएको हो ।

शुक्रबार विद्यालयका प्राचार्य उत्तम सिंह भण्डारीले एक सुचना जारी गर्दै भाद्र २२ गतेबाट विद्यालय निमित रुपमा सञ्चालन हुने जानकारी गराएका हुन ।

जारी सुचनामा भनिएको छ, डीसीएमसी बैठकको निर्णय अनुसार स्मार्ट लकडाउनको मापदण्ड स्वीकार गर्दै २२ गते मंगलबार देखि यस विद्यालयका सम्पूर्ण कक्षाहरु नियमित रुपमा पूर्ववत समयमै बिहान साढे ११ बजेबाट सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।

यसअघि कोरोना महामारीको दोस्रो भेरियण्टका कारण लकडाउन हुँदा बैशाख १६ गतेबाट नियमित रुपमा सञ्चालन हुने भौतिक कक्षाहरु बन्द भएका थिए ।


१८ भदौ २०७८, शुक्रवार १८:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु