चट्याङ लागेर एक जनाको मृत्यु
बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाकोे बित्थडचिर गाउँपालिका–१ खडिखानाका २५ बर्षीय करण बहादुर बोहराको चट्याङ लागेर मृत्यु भएको हो ।
बित्थडचिर गाउँपालिका–१ अग्डा भन्ने ठाउँमा बाख्रा चराउन गएका बोहराको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतक बोहरा कालिका बालज्योति आधारभूत विद्यालयमा कार्यालय सहयोगको काम गर्दथे ।
१८ भदौ २०७८, शुक्रवार १८:२९ बजे प्रकाशित































