punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एसएमजी चाेरी अभियाेग लागेका दुई सैनिक रिहा

Chaupati
safha napa

नेपाली सेनाको चितवनस्थित महेन्द्र दल गणबाट(एसएमजी) हतियार चोरी गरेको आरोपमा कैद भुक्तान गरिरहेका दुई सैनिक शुक्रबार रिहा भएका छन् ।

सैनिक विशेष अदालतले अमल्दार लव कुमार गुरुङ्ग र सिपाही सरोज तामाङलाई थुनामुक्त गर्न आदेश दिएपछि उनीहरु रिहा भएका हुन् ।२०७५ पुसमा सैनिक ब्यारेकबाटै (सर्ट मेसिन गन) चोरी गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए ।

सैनिक विशेष अदालतले उनीहरुलाई तीन वर्षसम्म पदोन्नतिमा रोक्का गर्नुको साथै साविककै दर्जामा पुनवर्हाली गर्ने फैसला गरेको छ । उनीहरु आजदेखि सेवामा फर्किएका छन् ।

दुई सैनिकले चोरेको भनिएको हतियार महेन्द्र दल गणमा कार्यरत सैनिक जवान गंगाधर ढकालले चोरी गरी साथीको हत्यामा प्रयोग गरेका थिए ।

ढकालले आफ्नै गणमा कार्यरत साथी भरत गुरुङको हत्या गरेका थिए । सैनिक अदालतले उनलाई जन्मकैदको सजाय तोकिसकेको छ ।


१८ भदौ २०७८, शुक्रवार १८:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु