punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा १० सांसदले गरेर सनाखत, १५ सांसद पुग्ने दाबी (नामसहित)

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजबादी)को पक्षमा १० जना एमाले सांसदले सनाखत गरेका छन् ।

सनाखत गर्नेमा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, सामाजिक विकास राज्यमन्त्री मना साउँद, पूर्व उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट, भौतिक पूर्वाधार विकास राज्य मन्त्री चुनकुमारी चौधरी, प्रमुख सचेतक दुर्गा बिक, सांसदहरु अमर साउँद, कुलबिर चौधरी, बलबहादुर सोडारी र सुशीला बुढाथोकी छन् ।

यसमध्ये आन्तरिक मामिला तथा कानून मन्त्री जोशी र पूर्व उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री भट्ट एकीकृत समाजबादीको केन्द्रीय सदस्यसमेत हुन् ।

एमाले परित्याग गरेर १० जनाले एकीकृत समाजबादीमा सनाखत गरेको मन्त्री जोशीले जानकारी दिइन् । भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्री अर्चना गहतराज, पूर्व सचेतकसमेत रहेका सांसद तारालामा तामाङको आज डकुमेन्ट नपुगेकाले आउन नसकेको मन्त्री जोशीले बताइन् ।

उनले उनीहरुले बुधबार (भोलि) सनाखत गर्ने बताइन् । एकीकृत समाजबादीको पक्षमा १५ जना भन्दा बढीले सनाखत गर्ने दाबी गर्ने प्रदेशको सबैभन्दा ठूलो दलसमेत बन्ने गरेकी छन् । ‘आजै अन्तिम समय होइन,’ उनले भनिन्, ‘१५ जना भन्दा बढी सांसद हामीसंग आउनुहुन्छ भन्ने लागेको छ ।’


१५ भदौ २०७८, मंगलवार १७:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु