punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चौपाया छाडा छाड्ने अत्यावश्यकबाहेकका सेवाबाट बञ्चित

Chaupati
safha napa

भीमदत्त नगरपालिकाले चौपाया ल्याएर बजार क्षेत्रमा छाडा छाड्ने नगरवासीलाई अत्यावश्यकबाहेकका सेवा रोक्का गर्ने भएको छ। महेन्द्रनगरमा छाडा चौपाया छाड्ने क्रम बढ्न थालेपछि नियन्त्रणका लागि नगरपालिकाले यस्तो कदम चालेको हो।

‘छाडा पशु चौपाया नियन्त्रणका लागि नगरपालिका लागिपरेको छ। त्यसका लागि कानुन बनाइएको छ‚’ नगर प्रमुख सुरेन्द्र विष्टले भने, ‘चौपाया छाड्ने व्यक्तिको अब अत्यावश्यकबाहेकका सेवा रोक्छौं।’

छाडा चौपायाले गर्दा बजार क्षेत्रमा व्यवसायीले सास्ती खेप्दै आएका छन्। बजारको सुन्दरता बिग्रंदै जान थालेको छ। सवारी दुर्घटनाका घटनाहरु समेत बढन थालेका छन्। ट्राफिक व्यवस्थामा समस्या निम्तिन थालेकाले छाडा चौपाया छाड्ने माथि निगरानी राख्ने कार्यसहित सेवा प्रवाह रोक्ने नगर प्रमुख विष्टको भनाइ छ।

स्थानीय तह निर्वाचनपछि नगर प्रमख विष्टले पहिलो नगर सभाबाट छाडा चौपाया व्यवस्थापनका लागि नीतिगत निर्णय गरी बजेट विनियोजन गराएका थिए। छाडा पशु चौपाया व्यवस्थापनका लागि निर्देशिका बनाएर वडा कार्यालयलाई व्यवस्थापनको जिम्मेवारी दिइएको छ।

बागफाँटा र ब्रह्मदेवमा छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरी सञ्चालन गरिएका थिए। ब्रह्मदेवमा गौ अनुसन्धान केन्द्रका रुपमा गौशाला निर्माण गरिएको छ। तर पनि बजार क्षेत्रमा चौपाया छाडने क्रम भने रोकिएको छैन।

स्थानीय तह निर्वाचनमा स्थानीयले छाडा पशु चौपाया व्यवस्थापनको मागअघि सारेका थिए। नगरवासीको मागअनुसार गौशाला बनाएर चौपाया नियन्त्रण गरिएका थिए।


१५ भदौ २०७८, मंगलवार १०:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु