punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाममा सुत्केरी महिलाको मृत्यु

Chaupati
safha napa

अछाम चौरपाटी गाउँपालिका– ५ लुग्राकी एक सुत्केरी महिलाको मृत्यु भएको छ । २६ वर्षीया जनक विकको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको मृतकका भतिजा पूर्ण विश्वकर्माले जानकारी दिए ।

६ भदौमा नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि विकलाई कोहलपुर लगिएको थियो । वयलपाटा अस्पतालमा विकको शल्यक्रियाबाट सुत्केरी गराइएको थियो ।

स्वास्थ्यमा थप समस्या आएपछि उनलाई पुनः शल्यक्रियाको लागि नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको थियो । जन्मिएको शिशुको ६ भदौमा वयलपाटा अस्पतालमा मृत्यु भइसकेको थियो । मृतक विकका एक छोरा र छोरी छन् ।


१४ भदौ २०७८, सोमवार १९:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु