punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महाकाली नदीले सतर्कताको तह पार गर्‍यो

Chaupati
safha napa

महाकाली नदीमा जलसतहले सतर्कताको तह पार गरेको छ। आपतकालीन कार्य सञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार सोमबार दिउँसो १२ बजे गरिएको मापन अनुसार नदीमा पानीको बहाव एक लाख ४१ हजार १८० क्युसेक पुगेको छ ।

निरन्तर रुपमा पहाडी क्षेत्रमा भैरहेको वर्षाका कारण नदीमा पानीको बहावमा बृद्धि भएको हो। पानीको बहाव बढेसँगै बनवसा पुलमा ठूला सवारीका साधन सञ्चालनमा रोक लगाइएको छ।

नदीको जलसतह बढ्न थालेकाले कञ्चनपुरका नदी तटीय क्षेत्रमा डुवान हुने क्षेत्रमा उच्च सर्तकता अपनाइएको छ। चुरे क्षेत्र भएर बग्ने दोदा नदीको जल बहाव समेत बढेको छ।

 


१४ भदौ २०७८, सोमवार १४:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु