punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका पहाडी जिल्लामा बाबियोको पिङ खेलेर मनाइन्छ कृष्ण जन्माष्टमी

Chaupati
safha napa

भगवान श्रीकृष्णको पूजा(आरधना गरी आज देशभर कृष्ण जन्माष्टमी पर्व मनाइँदै छ । यो पर्व सुदुरपश्चिम प्रदेशका खासगरी पहाडी जिल्लामा बाबियोको डोरीबाट बनेको पिङ खेलेर मनाइन्छ ।

वर्षमा एक दिन भुइँ छाड्दा (पिङ खेल्दा) वर्षभरि गरेका गल्तीहरूबाट माफी पाइने र भगवान श्रीकृष्णले क्षमा दिने विश्वास छ । आज गाउँभरिका युवाहरू भेला भएर सामुहिक रूपमा बाबियो (एक प्रकारको घाँस)बाट बनेको डोरीले पीङ हालेर खेल्ने गर्छन् ।

आज बिहान बाजुराको बडिमालिका मन्दिरलगायत कृष्ण मन्दीरहरूमा भक्तजनको घुइँचो लाग्ने गरेको छ । भाद्रकृष्ण अष्टमीलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।


१४ भदौ २०७८, सोमवार १४:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु