सेती अस्पतालमा १८ जनामा कोरोना पुष्टि
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उक्त प्रयोगशालामा १३४ नमूनाको परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै ११६ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा १ जना अस्पतालमा भर्ना भएका छन् भने ४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यस्तै अस्पतालमा ४ जनाको आइसीयु र १ जनाको भेन्टीलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ । हाल अस्पतालमा १० जना संक्रमित उपचाररत छन्।
१४ भदौ २०७८, सोमवार १४:३९ बजे प्रकाशित































