punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाढीले बगाउँदा एकको मृत्यु, दुईको उद्दार

Chaupati
safha napa

कैलालीमा बाढीले बगाउँदा एक जना वृद्धाको मृत्यु भएको छ भने दुई जनाको सकुशल उद्दार गरिएको छ । लम्कीचुहा नगरपालिका–६ चरेलास्थित गुलरा नदीले बगाउँदा सोही ठाउँ बस्‍ने ९५ वर्षीया फुपिया थारुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार साँझ लुगा धुँदै गरेकी थारुलाई अचानक खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । उनले बाढीले बगाएर करिब ७ किलोमिटर पर पुर्‍याएको अवस्थामा थारुको शव फेला परेको बताए ।

त्यस्तै गौरीगंगा नगरपालिका– कुचैनी बस्‍ने दाजुबहिनी राजाराम सापकोटा र आरती सापकोटा घाँस काट्न गएको बेला शिवगंगा नदी र झिलखोलाको बीच भागमा फसेको अवस्थामा बिहीबार राती करिब १२ बजे उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबल गरि करिब ५० जनाको टोलीले उद्दार गरेको सूचना अधिकारी जोशीले बताए । यसैगरी पहाडी भेगमा निरन्तर वर्षा भइरहेको र यहाँको मोहना र खुटिया नदिको जलस्तर बढेकोले नदी किनारका मानिसहरूलाई सुरक्षित रहन आग्रह गरिएको गरी सूचना अधिकारी जोशीले बताए ।


११ भदौ २०७८, शुक्रवार ०९:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु