मन्त्रिपरिषद् बैठक, प्रदेश १ मा प्रदेश प्रमुख फेरिन सक्ने
मन्त्रिपरिषद्को बैठक आज ३ बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक नियमित भएपनि केही आकस्मिक एजेण्डाबारे छलफल हुनसक्ने बताइएको छ ।
बैठकमा नियमित कार्यसूचीबाहेक प्रदेश १ मा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने विषयमा निर्णय हुनसक्ने बालुवाटार स्रोतले जनाएको छ ।
१० भदौ २०७८, बिहीवार १५:५९ बजे प्रकाशित













