punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१० किलो चरेससहित भारतीय नागरिक पक्राउ

Chaupati
safha napa

पश्चिम नवलपरासीबाट १० किलो लागुऔषध चरेससहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी पचपेडाबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका–४ बर्दघाटेबाट भारत उत्तर प्रदेशका महाराजगंज जिल्ला बर्गदवा भगतपुर बस्ने ३७ वर्षीय राजेश यादवलाई पक्राउ गरेको हो।

पैदल हिँडिरहेका यादवलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट १० किलो चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए।

यादवको साथबाट कालो भिर्ने झोलामा पत्रिका र टेपले बेरेको २६ वटा प्याकेटमा चरेस फेला परेको थियो।पक्राउ परेका यादवलाई लागुऔषध मुद्दामा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको पहरी नायव उपरीक्षक लामाले बताए।


१० भदौ २०७८, बिहीवार १५:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु