सुदूरपश्चिममा काँग्रेसको नेतृत्वमा संयुक्त सरकार बन्ने सम्भावना, डा. रावल मुख्यमन्त्री बन्ने
सुदूरपश्चिम प्रदेशमा काँग्रेसको नेतत्वमा संयुक्त सरकार बन्ने सम्भावना बलियो बनेको छ । नेपाली काँग्रेस संसदीय दलका नेता डा। रणबहादुर रावलको नेतृत्वमा सरकार बन्ने चर्चा छ ।केन्द्रमा बनेको गठबन्धनको सहमतीअनुसार सुदूरपश्चिममा काँग्रेसको नेतृत्वमा सरकार बन्न लागेको हो । एमाले औपचारिक रुपमा विभाजन भएपनि गठबन्धनलाई प्रदेशमा नयाँ सरकार गठन गर्ने बाटो खुलको हो ।
काँग्रेसको नेतृत्वमा नेकपा एमालेबाहेक गठनबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृतत समाजवादी र जनता समाजवादी पार्टीले सयुक्त सरकार बनाउने गरि केन्द्रमा छलफल भइरहेको छ ।
‘काँग्रेसको नेतत्वमा सरकार गठन गर्ने भन्ने विषयमा औपचारिक केही आएको छैन,’ संसदस्य दलका नेता डा. राववले भने, ‘तर यस विषयमा गठनबन्धन सकारात्मक छ, । केन्द्रमा गठबन्धन भएकाले सबैलाई मिलाएर लैजानुपर्ने हुन्छ । केही दिन समय लाग्न सक्छ ।’ काँग्रेसले नेतृत्व गरे संसदीय दलका नेता रावल मुख्यमन्त्री हुनेछन्।
प्रदेशसभामा काँग्रेसका १२, माओवादी केन्द्रका १३ र जसपाका दुई जना गरी २७ जना सांसद छन् । यो संख्या सरकार गठनका लागि पर्याप्त हुन्छ । गठनबन्धनमा माधव समूहको नेकपा एकीकृत (समाजवादी) पनि भएकाले सरकारमा सहभागी हुनेछ।
सुदूरपश्चिममा एकीकृत समाजबादीमा अहिलेसम्म सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई जना मात्रै खुलेका छन् । प्रदेश सरकारका प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी र पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट मात्रै खुलेकी छन् । दुबै जना एकीकृत समाजबादीको केन्द्रीय समिति सदस्य समेत रहेका छन् ।
विगतमा माधव समूहमा एमालेका २५ मध्ये १८ जना खुलेका थिए। माधव समूहमै रहेका एमालेका सांसदहरु अहिले प्रदेश सरकारमा सामेल पनि छन् ।
४ भदौ २०७८, शुक्रवार १९:०० बजे प्रकाशित































