punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वामदेवको साथ माधव नेपालको पार्टीलाई

Chaupati
safha napa

एमाले विभाजनमा नेता वामदेव गौतमले माधव नेपाललाई साथ दिने भएका छन् ।गौतमले नेतृत्व गरेको पार्टी एकता राष्ट्रिय अभियानको भर्चुअल बैठकले एमाले विभाजन भइसकेको अवस्थालाई मध्यनजर गर्दै माधव नेपालले नेतृत्व गरेको नेकपा (एमाले–समाजवादी) लाई सहयोग गर्ने निर्णय गरेको उनको सचिवालय सदस्य शैलेन्द्र राउतले जानकारी दिए ।

हिजो निर्वाचन आयोगमा पार्टी दर्ताको लागि नेपालले बुझाएको सूचीमा गौतमको नाम समावेश छैन । वामदेवले यसअघि नै झलनाथ खनाल र नेपालले नयाँ पार्टी खोले आफूले साथ दिने बताएका थिए ।


३ भदौ २०७८, बिहीवार १५:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु